विषादीरहित सात किलो काउली उत्पादन

भक्तपुर- विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् । आज सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् ।
जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिए ।
मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको जानकारी दिँदै उनले कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको बताए ।

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

दूध अभावले ‘चितवन मिल्क’ बन्द
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

प्रतिक्रिया