आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

मन्त्रिपरिषद्‌ बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

नेकपा एमाले संसदीय दलको बैठकअघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।

बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

आजै एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ ।