पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए

पाकिस्तान - पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको आक्रमणमा दुई सैनिक र पाँच सशस्त्र विद्रोहीहरूको मृत्यु भएको सेनाले जनाएको छ ।
सशस्त्र विद्रोहीहरूले प्रान्तको किला अब्दुल्ला जिल्लाको गुलिस्तान क्षेत्रमा रहेको सुरक्षा बलको चौकीलाई निशाना बनाएको सैन्य सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जनाएको छ ।
आत्मघाती आक्रमणकारीहरू सहित सशस्त्र विद्रोहीहरूको एक समूहले चेकपोस्टमा प्रवेश गर्ने प्रयास गरेको आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । सशस्त्र विद्रोहीहरूले विस्फोटक पदार्थले भरिएको गाडी पोस्टको पर्खालमा ठोके ।
यस क्षेत्रमा अन्य सशस्त्र विद्रोहीहरूको उपस्थिति समाप्त गर्न सेनाको अपरेशन चलिरहेको छ ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_wRjG8A87bC_knnblvflf6jy0omtr2vp6hqa7fkhroauyxdv3ckixhc849o8lgr0gicwwyxo.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया