सहिद परिवारलाई नगदसहित सम्मान

मुग्लिन (चितवन)- इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ ।
सहिद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई रु पाँच हजार नगदसहित सम्मान गरेको हो ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरका हुन् । उनले सहिदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार रु पाँच हजार प्रदान गरिएको बताउँदै उहाँले आगामी दिनमा सहिद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका सहिद वडा नं २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै जनयुद्धका वडा नं २ का जीवन बुढाथोकी र वडा नं ३ का चन्द्रबहादुर गुरुङ (दीपेश) को परिवारलाई सम्मान गरेको हो ।

सशस्त्र प्रहरीले गर्यो नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

दूध अभावले ‘चितवन मिल्क’ बन्द
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

प्रतिक्रिया