चाडपर्वले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउँछ : अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने बताएका छन् ।
तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज शुभकामना दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गरे ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबै प्रकारका विभेदको अन्त्य गरी वैज्ञानिक समाजवाद कार्यान्वयनको खाँचो औँल्याए ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्वमा सो समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरणसहित आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन छ । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया