बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने

जेरुसेलम - इजरायल र प्यालेष्टिनी इस्लामी समूह (हमास)ले गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग तेस्रो पटक बन्धक/बन्दी आदानप्रदान गर्ने तयारी भएको छ ।
चौथो आदानप्रदान सप्ताहन्तका लागि तय गरिएको छ । हमासले बुधबार इजरायलले सहायता वितरण रोकेर सम्झौतालाई खतरामा पारेको आरोप लगाएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायली नागरिक अरबेल येहुद, अगम बर्जर र गादी मोसेसको पहिचान गरेको छ ।
बुधबार साँझ एक वक्तव्य जारी गर्दै मोसेस परिवारले ‘हाम्रा प्रिय गादीको पुनरागमनको अद्भुत खबर निकै उत्साहका साथ प्राप्त भएको’ जनाएको छ ।
जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा इजरायलबाट बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि बदलामा इजरायली हिरासतमा रहेका एक हजार ९०० व्यक्तिहरू (अधिकांश प्यालेस्टिनी) लाई रिहा गर्ने सहमति भएको छ ।
हमासले हालसम्म सात जना इजरायली बन्धकलाई रिहा गरिसकेको छ भने बदलामा इजरायलले २९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । ‘प्यालेस्टाइन प्रिजनर्स क्लब एड्भोकेसी ग्रुप’का अनुसार हमासले तीन जना इजरायलीलाई बिहीबार रिहा गर्दा बदलामा इजरायलले ११० जना प्यालेष्टिनी कैदीलाई रिहा गर्न लागेको हो ।
नेतन्याहूको कार्यालयले शनिबार हुने अर्को अदलाबदलीमा थप तीन जना इजरायली नागरिकलाई रिहा गरिने जनाएको छ ।

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_Cj3AziIoaT_dcdornfu2ypvwi95flfccbajsvy1axyldtefy6bniffewefqruzypx7nbnql.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

पाकिस्तान र इरानबाट पाँच दिनमा १६ हजार अफगान शरणार्थी फर्किए

प्रतिक्रिया