सिरियाका राष्ट्रपति पहिलो विदेश भ्रमणमा निस्के, साउदीले लिन पठायो विशेष विमान

रियाद - सिरियाका नवनियुक्त राष्ट्रपति अबु मोहम्मद अल जुलानी साउदी अरबको ऐतिहासिक भ्रमणमा रहेका छन् ।
यहाँ उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई सुरूमा भेटेका थिए भने साउदी अरबले सिरियाली राष्ट्रपतिका लागि आफ्नो विशेष विमान उनका लागि पठाएको थियो ।
यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औँल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
तर, गत साता जनवरी २९ सम्म उनी कार्यकारी सरकारको अध्यक्षमा निर्वाचित भएका थिएनन् । सो भेटघाट पछि साउदीले ६१ चिकित्सकको टोली दमास्कस पठाउने घोषणा गरेको छ ।
राष्ट्रपति बनेको दिन उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका थिए । सिरियामा विद्रोहीले कब्जा जमाए पछि राष्ट्र प्रमुखको यो पहिलो विदेश भ्रमण हो । अहिले उनी साउदी अरब पुगेका छन्, जुन ठूलो विकास मानिएको छ ।
राजकुमार सलमानसँगको भेटपछि अल जुलानीले साउदी अरबले युद्धग्रस्त सिरियालाई सहयोग गर्न चाहेको बताए । ‘हामीले लामो भेट गरेका थियौं, जसमा हामीले सिरियाको भविष्य निर्माण गर्न सहयोग गर्ने वास्तविक इच्छा महसुस गरेका र सुन्यौं,’ उनले टेलिग्राममा एक विज्ञप्तिमा भने।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_Kilf1tZBU1_6h1pfzgezqegvydnbq9jn8tm3y4izd69yp4ixmebxzrez7qup86tj1fvtbdt.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

पाकिस्तान र इरानबाट पाँच दिनमा १६ हजार अफगान शरणार्थी फर्किए

नाइजेरियामा जिहादी आक्रमण : चार सैनिकको मृत्यु, केही अपहरणमा

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसंघको आग्रह

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

प्रतिक्रिया