आपलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीको सत्तामा, काङ्ग्रेसको प्रतिनिधित्व शून्य

नयाँ दिल्ली- भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।
शनिबार साझसम्म भाजपाले दिल्लीमा ७० सिटमध्ये ४५ सिट जितेको छ भने तीन सिटमा अग्रता लिएको छ । आम आदमी पार्टीले २१ सिट जितेको छ भने एक सिटमा अग्रता लिएको छ ।
संघीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया