‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताएका छन् । सीमित स्रोतलाई अत्याधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद रिजालले भने, “चालु आर्थिक वर्षको बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँड्नेजस्तो भयो । संघ सरकारले बनाउने बजेट वितरणमुखी भयो ।” उत्पादन बढाउने र न्यायोचित वितरण गर्ने कुरालाई बजेटको प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ ।
संसद्को प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । आज प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण केही समय बैठक स्थगित भएको थियो । सांसद रिजालले संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउन सबै दल जिम्मेवार हुनुपर्ने बताए । “संसद् भनेको नीतिको थलो हो, जिद्दीको थलो होइन । संसद् नियमनको थलो हो, तथानामको थलो होइन”, उनले भने । जिम्मेवार भएर आफ्ना अभिव्यक्ति राख्नुपर्ने र संसद्लाई मर्यादित बनाइनुपर्ने उनको भनाइ छ ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया