हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

खान युनिस, प्यालेस्टिनी क्षेत्र- गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् ।
बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ ।
हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो।
आफ्ना अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए ।
गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।
हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकूलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो ।
तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोस्टर बोकेका थिए।
यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रूसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए ।
इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ ।
सम्झौता असफल हुने सङ्घारमा पुगेपछि हमासका एक अधिकारीले युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा हुने अपेक्षा गरिएको छ । (एएफपी)

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया