सुदूरपश्चिम प्रदेशमा ४ वटै समितिका सभापति निर्विरोध निर्वाचित

कैलाली - सुदूरपश्चिम प्रदेश सभाका ४ समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
जसअनुसार विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा, सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिमा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल निर्विरोध निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।
प्रदेश सभाका ४ वटा समितिको सभापतिमा सत्तारूढ कांग्रेस, एमाले, नाउपा तथा प्रमुख प्रतिपक्षी दलले शनिबार भागबन्डाका आधारमा मनोनयन दर्ता गरेका थिए। जसअनुसार प्रत्येक समितिमा १ जनाको मात्र उम्मेदवारी परेको थियो ।
जसअनुसार आइतबार चारै सभापतिलाई निर्वाचित घोषणा गरिएको र उनीहरूले आजै सपथ ग्रहणसमेत गरिसकेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर गरिने

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

प्रतिक्रिया