शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

राष्ट्रियसभा बैठक : पानी जहाज विधेयकबारे छलफल हुने

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको  बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

साथै भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, ०८१ लाई दफावार छलफलका लागि विधायन ब्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।