राष्ट्रियसभाले भन्यो- भारतमा मृत्यु भएकी छात्रालाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्

काठमाडौँ- राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरुले उठाएको भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यस विषयमा सत्यतथ्य छानविन गरि यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै, उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि अध्यक्ष दाहालले सरकारलाई आग्रह गरेका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया