सभामुखले ‘सुमना श्रेष्ठ’ ‘सुमना श्रेष्ठ’ भनिरहे तर सुमना भने संसदमा देखिइनन्

काठमाडौं - सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठलाई बोलाए पनि उनी भने सदनमा अभिव्यक्ति दिन उपस्थित भइनन् ।
सोमवार सभामुख घिमिरेले बोल्न नदिएको भनेर बैठक छाडेर हिँडेकी सांसद श्रेष्ठलाई आज सभामुख घिमिरेले बोल्नका लागि समय दिएका थिए तर सांसद श्रेष्ठबाट भने कुनै प्रतिक्रिया दिइनन् ।
सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभए पछि सभामुख घिमिरेले अन्य सांसदलाई पालो दिएका थिए ।
प्रतिनिधिसभाको जारी बैठकमा शून्य समयमा नेकपा एमालेका सांसद सुनिता बराल पछि सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई बोलाएका थिए तर कुनै पनि प्रतिक्रिया नपाए पछि उनले सुशिला श्रीपाइली ठकुरीलाई पालो दिनु परेको थियो ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया