पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं - पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
राष्ट्रियसभाको आजको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राख्नुभएको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो ।
त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गरेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १:१५ बजे बस्नेछ ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया