भारतको मध्य प्रदेशमा प्रहरीसँगको मुठभेडमा ३ नक्सलवादी मारिए

नयाँ दिल्ली- मध्य भारतीय राज्य मध्य प्रदेशमा बुधबार अर्धसैनिक बलसँगको भीषण गोली हानाहानमा तीन महिला नक्सलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४८० किलोमिटर पूर्वमा बालाघाट जिल्लाको गढी क्षेत्रको सुपखारको जङ्गलमा नक्सल र अर्धसैनिक बलको संयुक्त दस्ताबीच गोली हानाहान भएको हो ।
“आज प्रहरी टोलीले गढी प्रहरी चौकी क्षेत्र अन्तर्गत पर्ने सुपखार वन दायरामा खोजी अभियान सुरु गर्यो । यस क्रममा उक्त क्षेत्रमा उपस्थित प्रहरी टोली र नक्सलीहरू बीच गोली हानाहान भयो,” एक प्रहरी अधिकारीले बताए ।
गोलाबारीमा केही नक्सलवादीहरू घाइते भए पनि भाग्न सफल भएको रिपोर्टहरूले जनाएका छन् ।
प्रहरीले मारिएका नक्सलवादीहरूबाट तीनवटा असल्ट राइफल र केही गोलाबारुद बरामद गरेको दाबी गरेको छ ।
गत हप्ता, नजिकैको छत्तीसगढ राज्यमा सरकारी सेनासँगको भीषण भिडन्तमा ३१ नक्सलवादी र दुई प्रहरीको मृत्यु भएको थियो । हाल, नक्सलहरू भारतको मध्य र पूर्वी भागहरूमा सक्रिय छन् । (सिन्ह्वा)

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया