आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।

१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी स…

एनी कुँवर पक्राउ

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

राष्ट्रपति भवन अगाडि लघुवित्त-सहकारी पीडितको प्रदर्शन

काठमाडौँबाट ९ जना जुवाडे पक्राउ
‘खानेपानीको सुविधा भयो गाउँ छाडेर जान मन लाएको छैन’

प्रतिक्रिया