स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

काठमाडौं - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतको ओडिशास्थित केआआटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संसद्मा बोल्ने क्रममा रास्वपाका उपसभापतिसमेत रहेका सांसद डा स्वर्णिम वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले रास्वपा सांसद वाग्लेले गम फागुन ८ गते बसेको बैठकमा परिवारका सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।
उनले भने- ‘प्रकृतिको दु:खद निधन भयो । संसद्मा कुरा उठ्यो । हामी सबैले उहाँ बहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्यौ । ८ गते बसेको बैठकमा माननीय स्वर्णिय वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिनुभयो । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दछु ।'
सांसद खतिवडाको उक्त मागप्रति सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै संसद् सचिवालयका कर्मचारीलाई अध्ययन गर्न र त्यस्तो भएमा सच्याउन निर्देशन दिएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया