चीनमा बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड

गुइयाङ, चीन- चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो ।
सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो ।
सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो । युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपिल गरेपनि उहाँको अपिल अस्वीकृत गर्दै दोस्रो पटकको सुनुवाईपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो ।
अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो । (एएफपी)

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया