तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो
तुलसीपुर- दाङको तुलसीपुर बजारमा विद्युत्का खाली तार थिए । ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ ।
साथै यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ । यस अघि तार चुडिने, क्षमता नधान्नेजस्ता सस्या पनि अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले बताए । उनका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो ।
बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुकासाथै एक सय स्क्वायर फिट बनाइएको हो । एक करोड रुपैँया लागतमा ती तार फेरिएको उनको भनाइ छ । तुलसीपुरमा विद्युत्का ५२ हजार दुईसय ९० ग्राहक रहेका छन् ।
रगैँचामा भवन बन्दै दाङको शान्तिनगर गाउँपालिका–५ रगैँचामा विद्युत्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ ‘नो लाइट’ सेवाको कार्यालय छ । त्यसकालागि स्थानीय गिरीराज बस्नेतले जग्गा दिएपछि भवन नै बन्न लागेको हो । यस अघि त्यहाँ भाडाबाट उक्त कार्यालय सञ्चालनमा थियो ।
शान्तिनगर, दङ्गीशरण गाउँपालिकालगायतलाई सेवा दिन त्यहाँ एक जना कर्मचारीसहित उक्त सेवा सुरु गरिएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीका अनुसार केही दिन अघि मात्रै टेण्डर आह्वान भएको उनले बताए । भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने उनको भनाइ छ ।

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_8PIYLFHVaT_atppxcek0p0xbespwhxpquysdoh8c0kmjrq9dk677nmixeqicfpjq6qwxegc.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_yras5GqMEm_ljal6itubsxobzz06vzuuqf9bfeepvkown23xfmcq7ix2vi0ltpdjcsi7bsl.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

प्रतिक्रिया