उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

काठमाडौं - उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन्।
शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन् ।
‘हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रुपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,’ धामीले भने ।
स्थानीय प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ ।
घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ ।
तिब्बतसँग सीमा जोडिएको माना गाउँका बासिन्दाहरू अत्यधिक मौसमबाट बच्नका लागि कम उचाईमा बसाइँ सरेपछि सुनसान भएको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ।
हिमालको माथिल्लो भेगमा विशेषगरी जाडो याममा हिमपहिरो र पहिरो खस्नु सामान्य कुरा हो ।
सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो ।
सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण छ हजार मानिसको मृत्यु भएको थियो र राज्यमा विकास परियोजनाहरूको पुनरावलोकनको माग गरिएको थियो।

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

प्रतिक्रिया