विनोद पौडेलले ‘अभिमन्यु’ चलचित्र बनाउने, हिन्दी भाषामा पनि रिलिज हुने

काठमाडौँ- ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र आगामी साउन २४ गते रिलिज हुने जानकारी पनि गराएका छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
निर्माण पक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । चलचित्र हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुने छ । पौडेलले केही समयअघि ‘पूर्ण बहादुरको सारंगी २’ निर्माणको घोषणा गरेका थिए । सो चलचित्रको सुटिङ सुरु भएको भने छैन ।
यसअघि नेपाली सिने क्षेत्रमा ‘अभिमन्यु’ चलचित्र निर्माण भई प्रदर्शनसमेत भइसकेको छ । सो चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् । निखिल उप्रेतीको लिड रोल अभिमन्युमा थियो ।

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

प्रतिक्रिया