राप्रपाको नेपालगंजमा बृहत मोटरसाइकल र्याली

नेपालगंज - राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने बताएका छन् ।
‘हामी सबैले प्रण गरौं, राजा सहितको प्रजातन्त्र र विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई सोही अवस्थामा नफर्काएसम्म हामी विश्राम लिने छैनौं,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले राप्रपाले नेपालगंजमा आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै सोमबार भने ।
‘विदेशीको पैसा र प्रभावमा नेपाललाई धर्म निरपेक्ष बनाइएको कुरा अब स्पष्ट भइसकेको छ । अमेरिकी राष्ट्रपतिबाट खुलासा भएको कुरा यस मानेमा सान्दर्भिक छ । अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको कुरा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सार्वजनिक भइसकेको छ ।’
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।
पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भने, ‘तपाईको छोराछोरी, नाति नातिनी, भावी सन्ततिको त कुरै छाडिदिनुुस्, देशकै भविष्य झन् झन् संकटमा पर्ने अवस्था स्पष्ट भइसक्यो । त्यसैले व्यक्ति विशेष र व्यक्तिगत विचारका लागि नभएर, देशको हित र आवश्यकताका लागि राजसंस्था अपरिहार्य बनेको हो ।’ उनले भने, ‘नेपालको हकमा हामीले जसरी राजसंस्था फ्याक्यौं, त्यसले निम्त्याएको भाँडभैलो वयान गरेर साध्य छैन । यसबारेमा तपाई हामी सबै जानकार छौं ।’
राप्रपाले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।
राप्रपाका नेता दिपक सिंहले देश बर्बादीतर्फ उन्मुख हुनुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताको कुनै दोष छैन, दोष सबै ती पार्टीका नेताहरुको हो भने ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही भने, गणतन्त्रको समयकालमा छिमेकी राष्ट्रहरुले विकासको फड्को मारेको देखिन्छ भने नेपाल पछौटेपनको शिकार भएको छ । रोजीरोटीका लागि नेपालीहरु विदेशिनु बाध्य छन्, त्यसैले यस किसीमको अवस्था परिवर्तन गर्न व्यवस्था बदल्नु आवश्यक भएको उनले बताए ।
राप्रपा नेपालका सहमहामन्त्री हिक्मत ढकालले देशमा राजसंस्था पूनःस्थापनाको विकल्प नभएको बताए । नेपाल शिव सेनाका अध्यक्ष किशोर लामाले जिल्ला जिल्लाबाट तयारी सुरु गरेर निर्णायक तहमा केन्द्र घेर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया