रुसविरुद्धको साइबर गतिविधिसम्बन्धी कारबाही रोक्न अमेरिकी रक्षा प्रमुखद्वारा निर्देशन

वासिङ्टन- अमेरिकी रक्षामन्त्री पीट हेगसेथले रुसविरुद्धको साइबर कारबाहीलाई रोक्न आदेश दिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार यो आदेश मस्कोविरुद्ध अमेरिकी कारबाहीको समग्र पुनर्मूल्याङ्कनको एक हिस्सा हो ।
एएफपीले सोधेको प्रश्नमा पेन्टागनले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।
एक वरिष्ठ रक्षा अधिकारीले भने, “परिचालन सुरक्षा चिन्ताका कारण हामी साइबर इन्टेलिजेन्स, योजना वा कारबाहीबारे टिप्पणी गर्दैनौँं र छलफल पनि गर्दैनौँ।”
उनले भने, “साइबर डोमेन समावेश गर्न सबै अपरेसनहरूमा ‘वारफाइटर’को सुरक्षाभन्दा रक्षामन्त्री हेगसेथको ठूलो प्राथमिकता छैन।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि वार्ताका लागि दबाब दिइरहेका बेला र ह्वाइट हाउसमा भएको बैठकमा अमेरिकी नेताले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेको केही दिनपछि यो परिवर्तन आएको हो ।
पश्चिमा देशहरूले क्रेमलिनले युक्रेनको समर्थनलाई कमजोर पार्ने उद्देश्यले श्रृङ्खलाबद्ध घटनाहरूको योजना बनाएको आरोप लगाएका छन्।
यसैबीच, ट्रम्पले आफूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीबीचको मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्दै पुटिनसँग सम्बन्ध गाँस्ने क्रममा किएभ र युरोपलाई किनारा लगाउनुभएको छ ।
“हामीले पुटिनको बारेमा चिन्ता गर्न कम समय बिताउनुपर्छ,” ट्रम्पले आइतबार राति आफ्नो ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आइतबार सीएनएनसँगको कुराकानीमा रुससँगको सम्बन्ध पुनः खोल्ने विषयमा कुरा गर्दै साइबर नीति परिवर्तनको खबरको खण्डन गरेका छन् ।
वाल्ट्जले भने, “यो हाम्रो छलफलको हिस्सा भएको छैन। यस युद्धको अन्त्य गर्न सबै प्रकारका दण्ड र पुरस्कारहरू लागु हुनेछन्।” (एएफपी)

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

प्रतिक्रिया