सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता

पाल्पा - रामपुर नगरपालिकास्थित अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रूपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक रु. ५०० भत्ता उपलब्ध गराउँदै आएको हो ।
सदस्यका सेवालाई दृष्टिगत गर्दै बि.सं. २०७२ देखि भत्ता वितरण सुरु गरेको हो । रु. ४० लाखको पेन्सन कोष स्थापना गरेर उक्त कार्यक्रम सञ्चालन गरिरहेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिए । कोषका लागि नयाँ सेयर सदस्यबाट पेन्सन बचतमा रहने गरी रु. ५०० संकलन गर्ने गरिएको छ ।
उनका अनुसार गत वर्ष १२८ जनालाई मासिक भत्ता वितरण गरिएकामा चालु आर्थिक वर्षमा २१ जना थप भएका छन् । सहकारीले सदस्य प्रोत्साहन नीति २०७५ लागू गरेको छ । सो नीतिमा आधारित रहेर काम गरिरहेको छ । बि.सं. २०७२ अघि आबद्ध सेयर सदस्यले ७० वर्ष पूरा भएपछि मासिक भत्ता प्राप्त गर्ने र त्यसपछिको नयाँ सदस्यका हकमा संस्थामा १० वर्ष कारोबार गरेको हुनुपर्नेछ । सहकारीमा हाल ११ हजार बढी सेयर सदस्य आबद्ध छन् ।

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_8PIYLFHVaT_atppxcek0p0xbespwhxpquysdoh8c0kmjrq9dk677nmixeqicfpjq6qwxegc.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_yras5GqMEm_ljal6itubsxobzz06vzuuqf9bfeepvkown23xfmcq7ix2vi0ltpdjcsi7bsl.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

प्रतिक्रिया