अभिनेत्री माहिराको र क्रिकेटर सिराज प्रेममा छन् ?

काठमाडौँ- भारतीय क्रिकेटर र बलिउड अभिनेत्रीहरुको अफयर्सको चर्चाले बेला बेलामा सामाजिक सञ्जाल र मिडिया तताउने गर्दछ । यसैक्रममा पछिल्ला केहि दिनहरुमा क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको अफ्यर्सको चर्चा चलिरहेको छ ।
सामाजिक सञ्जालमा अभिनेत्री माहिरा शर्मा र क्रिकेटर मोहम्मद सिराज केवल साथी मात्र होइनन् भन्ने हल्ला चलिरहेको छ । रिपोर्ट अनुसार दुवै जना एकअर्कालाई डेट गरिरहेका छन् ।
वास्तवमा सिराजले हालै माहिराको इन्स्टाग्राम पोस्टलाई लाइक गरेपछि डेटिङको हल्ला फैलिएको थियो र दुवैले प्लेटफर्ममा एकअर्कालाई फलो गर्न पनि थालेका थिए । तर माहिराले भने यो हल्लाबारे आफ्नो मौनता तोड्दै आफुले कसैसँग डेट नगरेको बताएकी छन् । माहिराले एक अन्तर्वार्तामा आफ्नो ध्यान काममा केन्द्रित रहेको बताएकी थिइन् । यसअघि माहिराकी आमा सानिया शर्माले आफ्नी छोरीसँग सम्बन्धित यी समाचारहरू गलत भएको भन्दै खण्डन गरेकी थिइन् ।
क्रिकेटर सिराज हाल भारतको राष्ट्रिय टिम बाहिर रहेको र आउदै गरेको आइपिएलको तयारीमा व्यस्त रहेका छन् । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरबाट आइपिएल खेलिरहेका सिराज यस सिजनमा गुजरात टाइटन्सबाट खेल्दै छन् । सिराजलाई गुजरातले मेगा अक्सनमा १२.२५ करोडमा किनेको थियो ।

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

प्रतिक्रिया