बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन् : ट्रुडो

काठमाडौँ- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानडामाथि लगाइएको कर 'मूर्खतापूर्ण कार्य' भएको र उनको देशले यसको तुरुन्तै जवाफ दिने बताएका छन्। उनले ट्रम्पले क्यानडाविरुद्ध व्यापार युद्ध लड्दै रुसलाई सहयोग गरेको आरोप समेत लगाएका छन् ।

आफ्नो कार्यकालको अन्तिम समयमा रहेका ट्रूडोले भने, हामी अमेरिकाबाट हुने ३० अर्ब क्यानेडियन डलरको आयातमा तत्काल २५ प्रतिशत भन्सार शुल्क लगाउँदैछौं र आवश्यक परेमा आगामी २१ दिनमा थप १२५ अर्ब क्यानेडियन डलरको आयातमा भन्सार शुल्क लगाउनेछौं । यद्यपि, यी सबै शुल्कहरूको लागि निश्चित रूपमा कुनै उचित कारण छैन ।'

ट्रुडोले अमेरिका-मेक्सिको-क्यानाडा व्यापार सम्झौताको कुनै पनि उल्लङ्घनलाई क्यानडाले विश्व व्यापार संगठनमा चुनौती दिने पनि बताए ।

उनले अमेरिकाले आफ्नो निकटतम साझेदार क्यानडाविरुद्ध व्यापार युद्ध छेडेको बताउदै ट्रम्पले रूसका तानाशाह भ्लादिमिर पुटिनलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए । ट्रुडोले सिधै ट्रम्पको नाम लिएर यो मूर्खतापूर्ण भएको बताए ।

ट्रम्पले अमेरिकाका तीन ठूला व्यापारिक साझेदारहरू विरुद्ध शुल्क लगाएका छन्  त्यसपछि मेक्सिको, क्यानडा र चीनले तुरुन्तै बदला लिए र वित्तीय बजारमा अशान्ति सिर्जना भएको छ । ट्रम्पले मेक्सिकन र क्यानेडियन आयातमा २५ प्रतिशत कर लगाए, यद्यपि उनले क्यानेडियन ऊर्जामा कर १० प्रतिशत कर लगाए ।

ट्रुडोले क्यानडाले यो व्यापार युद्ध नचाहेको बताउदै ट्रम्पले यो विकल्प रोजेको स्पष्ट गरेका छन् । 

ट्रुडोले ट्रम्पले बारम्बार उनको लक्ष्य क्यानडाको अर्थतन्त्रलाई हानि पुर्‍याउनु रहेको बताएको उल्लेख गर्दै उनले क्यानडालाई आफ्नो अधीनमा राख्न खोजेको आरोप लगाए ।

क्यानडाको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकामा हुने बिजुली निर्यातमा २५ प्रतिशतले कटौती गर्ने र यदि कर जारी रहेमा त्यसो गर्न पूर्ण रूपमा रोक्न सक्ने बताएका छन् । उनले अमेरिकालाई निकेल र दुर्लभ खनिजहरूको बिक्री रोक्न सक्ने पनि बताएका छन् । यसको अतिरिक्त, ओन्टारियो र अन्य प्रान्तहरूले अमेरिकी रक्सी ब्रान्डहरू हटाउन थालेका छन् । 

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्य…