न्यूजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौँ- न्यूजिल्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्यूजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको हो ।
न्यूजिल्याण्डले दिएको ३६३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउदै ३१२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतक प्रहार गरेपनि दक्षिण अफ्रिकालाई जिताउन जिताउन भने सकेनन् । त्यस्तै रस्सी भन डेर दुसेनले ६९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ५६ रन बनाएका थिए । त्यस्तै न्यूजिल्याण्डका बलर मिचेल सान्टनरले ३ विकेट लिए भने माट हेनरी र ग्लेन फिलिपले २-२ विकेट लिएका थिए ।
यस अघि न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रन बनाएको थियो ।
पाकिस्तानको लाहोरमा भएको खेलमा न्यूजिल्याण्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतकीय पारी खेलेका थिए । यस खेलमा रविन्द्रले १०८ र विलियम्सनले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डार्यल मिचेल र ग्लेन फिलिपले ४९-४९ रन बनाएका थिए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा विआन मुल्डरले एक विकेट लिएका थिए ।
अब न्यूजिल्याण्डले आगामी आइतबार हुने फाइनलमा उपाधिका लागि भारतको सामना गर्ने छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_a9iP2NJs2A_hjv0iacccblvcz9ajwcmhtsavaafy2u1wwwnahibu3ygokha2pydxuzvawxh.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया