दुर्गाको गम्भीर आरोप : सरकारले ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्दैछ, मलाई झुटा मुद्दामा समाउँदैछ

काठमाडौँ- राजतन्त्र पुनः स्थापनाको अभियान चलाइरहेका दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले नजरबन्दमा राख्न लागेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।
उनले राजतन्त्र पुनः स्थापनाको माहोल देशव्यापी बनेपछि केपी ओली नेतृत्वको सरकार आँत्तिएको बताएका छन् । त्यस्तै उनले आफूलाई पनि पुनः झुटा मुद्दा लगाई पक्राउको तयारी गरेको आरोप लगाएका छन् । उनले २५ गते अगाडि नै आफूलाई सरकारले पक्राउको तयारी गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
'राजतन्त्र पुनः स्थापनाको माहोल देशव्यापी बनेपछि यो ओली सरकार अत्तालिएर श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेव सरकारलाई नजरबन्दमा राख्ने र मलाई पुनः झुटा मुद्दा लगाई पक्राउको तयारी गर्दै गरेको समाचार मलाई विश्वस्त सुत्रबाट प्राप्त भएको छ' प्रसाईंले फेसबुकमा लेखेका छन् 'यस क्षणमा बिभाजित होईन एकताबद्ध भएर राजसंस्था पुनः स्थापनाको आन्दोलनको आँधिबेहरी ल्याउन म सम्पुर्ण राष्ट्रभक्त नागरिकहरूमा आव्हान गर्दछु ।'
'२५ गते अगाडि नै मलाई पक्राउको तयारी गर्दैछ । म रहूँला वा नरहुँला, मलाई हिरासत लैजाला वा बाहिरै रहुँला केहि छैन' प्रसाईंले लेखेका छन् '२५ गते सरकारको सवारीमा यस्तो शक्ति प्रदर्शन गरौं कि यि देश बेचुवाको सत्ता च्युत होस, नेपाललाई फेरी हाम्रो गौरवपुर्ण नेपाल बनाउने यात्रा शुभारम्भ होस ।'

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया