बैतडीको मेलौलीका एक युवक मलेसियामा बेपत्ता

बैतडी - बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका-८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन् ।
मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। १२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उनले बताए ।
ढगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । काम गर्ने क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसको चार/पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बुबा बहादुरसिंहले बताए ।
टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए । “टाउकोमा चोट लागेको दुई/तीन दिनपछि एक्कासी बरबराउने, डराउनेलगायत लक्षण देखाउने गरेका थिए, १३ गते राति नै मोबाइल कोठामा छोडेर भागेका रहेछन्, आजसम्म भेटिएनन्”, बुबा बहादुरसिंहले भने, “काम गर्ने कम्पनीले पनि त्याको प्रहरीलाई छोरो सम्पर्कमा नरहेको जानकारी गराएको र बस्दै आएको कोठासमेत खाली गरिदिएको खबर पाएको छु ।”
मेलौली नगरपालिका-८ का वडाध्यक्ष उपेन्द्रसिंह विष्टले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आवश्यक पहल गरी दिन आग्रहसहित सिफारिस गरिएको जानकारी दिए । जिल्लाकै भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई समेत परराष्ट्रसँग आवश्यक समन्वय गरी खोजी गरिदिन आग्रह गरिएको वडा अध्यक्ष विष्टले बताए ।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया