च्याम्पियन इटालीलाई पूर्व क्रिकेटहरूको बधाइ

काठमाडौँ : युरो २०२० च्याम्पियन इटालीलाई बधाइ दिनेको ओइरो लागेको छ । यस सूचीमा पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलर पनि थपिएका छन् । तेन्दुलकरले सामाजिक सञ्जाल टुइटरमार्फत इटालीलाई बधाइ दिएका हुन् ।
‘अजुरीलाई बधाइ छ । च्याम्पियन बन्न इटालियन खेलाडीहरूले धेरै मेहेनत गरे । फाइनल पुग्न सकेकामा इंग्ल्यान्डलाई पनि बधाइ । इंग्लिस खेलाडीहरूले अन्तिम समयसम्म पनि खेललाई जिवित राखे । यो साता खेलकुदले भरियो । र, अन्यन्तै रिफ्रेसिङ पनि रह्यो,’ अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमान राखेका तेन्दुलकरले लेखेका छन् ।
अर्का पूर्व क्रिकेटर माइकल भनले पनि विजेता इटालीलाई बधाइ दिएका छन् । इंग्ल्यान्डका पूर्व टेस्ट कप्तान भनले आफ्नो टिम भन्दा इटालीले राम्रो खेलेको प्रतिक्रिया पनि दिए । ‘इटालीको प्रदर्शन बलियो थियो । तर इंग्ल्यान्डले पनि कडा टक्कर दियो । हाम्रा युवा खेलाडीहरूले तारिफयोग्य खेल देखाए । जे होस पछिल्लो चार साता यी खेलाडीहरूका कारण इंग्ल्यान्डमा खुशी छायो,’ भनले भनेका छन् ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया