पीएम कपमा कोशी प्रदेशको लगातार तेस्रो हार

काठमाडौं - जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ३६.२ ओभरमा अल आउट हुँदै १३४ रन मात्र बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३३ रन बनाए भने अंकित सुबेदीले २१ र शकिब हकले १७ रन बनाएका थिए ।
त्यस्तै पुलिस क्लबका करण केसीले ३ विकेट लिए भने ललित राजबंशी र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउँदै २८८ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ६५, दिलिप नाथले ६१, अर्जुन साउद र रशिद खानले ३८-३८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३२ र गुलशन झाले २१ रन बनाएका थिए । त्यसैगरी कोशीका बलर भुपाल लुइँटेलले ३ विकेट लिए भने प्रकाश कार्कीले २ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको २ खेलमा ४ अंक भएको छ भने कोशी प्रदेशले लगातार तेस्रो खेल हारेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NzBZSYji9t_mynkge88iwxxacucffdk5b5rziactdcxhckdnb7svmklnr13n8e55lypqxav.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया