सदनमा आफूले आफैलाई प्रश्न

सदनमा उठान हुने विषयहरू मध्ये 'केही फरक, केही नयाँ' ढंगले प्रस्तुत भएका गम्भीर विषयलाई इकागजले 'आजको प्रस्तुति'को रुपमा प्रकाशित गर्छ । आजको प्रस्तुतिमा प्रकाश पन्थ ।
०००
काठमाडौँ : राष्ट्रिय सभा बैठकमा सोमबार सांसद पन्थले संघीय संसद्को स्वरुप र सांसदहरूबारे बहस गरे । उनले संसद्मा समावेशीताको कुरा गरे, जनअपेक्षाको कुरा गरे । संसद्को निष्क्रियताबारे पनि प्रश्न गरे ।
'राष्ट्रिय सभा प्रादेशिक सन्तुलन पनि हो । समावेशी सभा पनि हो । स्थानीय तह र प्रदेशको जनप्रतिनिधिको जनप्रतिनिधि संस्था पनि हो । यो समावेशी सभा पनि हो । संघियताको मामिलामा यसले थुप्रै भूमिकाहरू निर्वाह गनुपर्छ', सांसद पन्थ भन्छन्,'यो तीन वर्षमा हामीले आफूले प्रतिनिधित्व गरेको वर्ग क्षेत्र, लिङ्गको हितमा कति काम भए ? सांसदहरूको तर्फबाट कतिओटा प्रस्तावहरू पेस भए, छलफल भए ? जनताको सवालमा समस्याहरू किन एकै ठाउँमा उभ्याउन सकिएन ?'
अन्त्यमा सांसद पन्थले आफूले आफैलाई प्रश्न गरे । उनको निष्कर्ष छ ,'हामी एकै ठाउँमा बसेर समस्या र विषयहरूमा किन छलफल गर्न चुकिरहेका छौँ ? खाली हामीले योबीचका समयहरू सरकारले पठाएका प्रस्तावहरूलाई हुन्छ वा हुन्न भन्नेमा मात्र बितायौँ ।'
सदनमा पन्थले गरेको सम्बोधन :
सर्वाहाराको ठूलो पार्टी समृद्धिको नारा घन्काउने केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारका पालामा थुप्रै घटना घटे । जतना सडकमा मरेको देख्यौँ । मजदुर किसान मरेको पनि देख्यौँ । जनतालाई भ्रममा पारेर लुटेको पनि हामीले देख्यौँ । भ्रष्टचारमा चुर्लुम्म डुबेको पनि देखियो । महामारीमा कमिसनमा फसेको पनि देखियो । मुलुक माफिया र बिचौलियाहरूले चलाएको पनि देखियो । र, यो चुच्चे जमिनलाई सत्तासँग साट्न खोजेको पनि देखियो ।
अध्यादेशहरूले शासन चलाएको पनि देखियो । यो बीचमा हामीले दलित र महिलाहरूले न्याय नपाएको पनि देख्यौँ । अरबौँका सडक पुल निर्माण नहुँदै भत्किए । उद्घाटन भएका पनि भत्किए भाँचिए । सडक, पुल, पुर्वाधारमा दोष बाढी पहिरोलाई दिइएको छ । तर, कुरा अर्कै छ । कुरा चर्को छ, गम्भिर छ । यस्ता सारा कुरा गरिरह्यो सरकारको विरोध भयो भनेर अधिवेसन अन्त्य हुन सक्छ । प्रतिनिधि सभा ती सारा कर्तुतहरूको हिसाब बुझाउनु पर्ने भएको र सारा ती जवाफहरू दिनुपर्ने भएकोले भंग गरिएको थियो ।
आज यी सारा कुराहरूलाई छाडेर फरक कुराहरू गर्न चाहन्छु । एकपटक संविधान जारी भएपछि संघीय संसद्को स्वरुप हामीले एकचोटी हेरौँ । यहाँ भएको प्रतिनिधित्वको हिसावले पनि हामीले हेरौँ । संविधान लेख्दा जनता र मुलुकको हितमा कसरी काम गर्ने भनेर लेखिएको थियो कि थिएन अथवा को कहाँ कसरी आइन्छ कसरी मन्त्री र सांसद हुने भनेर सोचिएको थियो कि ? प्रश्न अहिले उठेको छ । समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तलाई मजबुत बनाउनुपर्ने आवश्यकता अहिले पनि उठेको छ ।
मुलुकले प्रभावकारी भूमिका अपेक्षा गरेको छ । यत्रो परिवर्तन पछि पनि सकिएन, गल्ती भयो, बुझिएन, गर्न भ्याइएन भन्ने ठाउँ छैन । महिला दलित आदिवासी, जनजाती, खस, आर्य, मधेसी, थारु, मुस्लिम पिछडिएको क्षेत्र गरी यी आठ क्षेत्र संविधानमै उल्लेखित छ । सो बमोजिम प्रतिनिधि सभामा सबैको प्रतिनिधित्व पनि छ । राष्ट्रिय सभामा महिला, दलित, अपाङ्ग वा अल्पसङ्ख्यकको प्रतिनिधित्व पनि किटानीका साथ गरिएको छ ।
राष्ट्रिय सभा प्रादेशिक सन्तुलन पनि हो । समावेशी सभा पनि हो । स्थानीय तह र प्रदेशको जनप्रतिनिधिको जनप्रतिनिधि संस्था पनि हो । यो समावेशी सभा पनि हो । संघियताको मामिलामा यसले थुप्रै भूमिकाहरू निर्वाह गनुपर्छ । तर, यो तीन वर्षमा हामीले आफूले प्रतिनिधित्व गरेको वर्ग क्षेत्र, लिङ्गको हितमा कति काम भए ? सांसदहरूको तर्फबाट कतिओटा प्रस्तावहरू पेस भए, छलफल भए ? जनताको सवालमा समस्याहरू किन एकै ठाउँमा उभ्याउन सकिएन ? दिनहुँजसो महिला हिँसा, हत्या, बलात्कार भएको भयै छ तर, हामी सबै ३० प्रतिशत महिलाहरू किन एकै ठाउँमा उभिन सकेनौँ ? किन असफल भयौँ ? अरु सबै वर्ग, समुदायका मानिस पनि यसमा चुकेको छ । दलितको समस्या उस्तै छ ।
हामी एकै ठाउँमा बसेर समस्या र विषयहरूमा किन छलफल गर्न चुकिरहेका छौँ ? खाली हामीले योबीचका समयहरू सरकारले पठाएका प्रस्तावहरूलाई हुन्छ वा हुन्न भन्नेमा मात्र बितायौँ ।
आजका अरु प्रस्तुति :

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

राष्ट्रियसभामा १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

प्रतिक्रिया