एटलान्टाको पोस्टमा इन्टर मिलानको दुई गोल

काठमाडौँ- इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले एटलान्टामाथि महत्वपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा इन्टर मिलानले एटलान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मिलानको जितमा कार्लोस अगस्तो र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए ।
यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा इन्टर मिलानका अलेसजान्द्रो बासटोनीले रातो कार्ड पाएका थिए ।
यो जितपछि इन्टर मिलानको २९ खेलमा ६४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नापोलीको ६१ अंक छ भने एटलान्टाको २९ खेलमा ५९ अंक रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया