सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौँ- इङ्‌लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड, अलेजान्द्रो गार्नाचो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडको यस सिजनमा यो १०औं जित हो । २९ खेलमा ३७ अंक रहेको युनाइटेड हाल लिगमा १३औं स्थानमा रहेको छ ।

त्यस्तै लेस्टर सिटीको भने २९ खेलमा १७ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।