म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

पोखरा - म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी थप चार जना गम्भीर रूपमा घाइते हुन पुगेका छन् ।
मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधबार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । उनका अनुसार सो जीप ६० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी चालक शेरबहादुर बिक्र, नगेन्द्र गोतामे, भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाइली घाइते भएका छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त

प्रतिक्रिया