पानी दिवसको अवसरमा शुद्ध पानी व्यवस्थापन विषयक छलफल कार्यक्रम सम्पन्न

विश्व पानी दिवसको अवसरमा शुद्ध पानी व्यवस्थापन विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । विश्व पानी दिवस २०२५ तथा पानी प्रशोधन व्यवसायी सङ्घ नेपालको सातौँ स्थापना दिवसको अवसर पारी काठमाडौँमा निजी क्षेत्रद्वारा शुद्ध पानीको दिगो व्यवस्थापन विषयक प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वातावरण विज्ञान विभागका प्रमुख प्रा. डा. उद्धवराज खड्काले 'पानीमा हुने अशुद्धता र यसको वैज्ञानिक समाधान' विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
पानी प्रशोधन व्यवसायी सङ्घ नेपालका अध्यक्ष विराज आचार्यको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पानी प्रशोधन व्यवसायी सङ्घका सदस्य प्रकाश शर्मा, उद्यमी एस.एन. कर्ण, सुदीप डङ्गोलका साथै पानी प्रशोधन व्यवसायी सङ्घ नेपालका सदस्य, प्रविधि विज्ञका साथै सरोकारवालाहरूको सक्रिय सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले पानीको गुणस्तरलाई अझ बढी प्रभावकारी बनाउन निजी क्षेत्रको प्राविधिक तथा व्यवस्थापकीय सहयोगको अपरिहार्यता औँल्याए ।

नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

बिहान एक गिलास पानीमा मेथीको धुलो मिसाएर पिउनुहोस्, हुनेछ ८ फाइदा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

तीनकुने घटनामा संलग्न थप दुई पक्राउ

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

चैते दसैँमा कालिका भगवती मन्दिरमा ४२ लाख भेटी संकलन

ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु

प्रतिक्रिया