तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन् ।
संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११:३० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल हुने छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुरानै अजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ । जुन बैठक बिहान ११:३० बजेबाट सुरू हुनेछ ।
साथै सार्वजनिक लेखा समितिको बैठकमा भने हुलाकी, वि.पी र अरनिको राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ । जुन बैठक दिउँसो ३:०० बजेबाट सुरू हुनेछ ।

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

प्रतिक्रिया