चौथो हप्तामा झन् बलियो ‘अञ्जिला’, हिन्दी चलचित्रलाई पर्यो सकस

काठमाडौं - गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ । यो चलचित्रको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो ।
'अञ्जिला'ले भारतीय सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ । यो चलचित्रले भारतमा राम्रो व्यापार गरिरहेको भए पनि नेपालमा भने कमजोर देखिएको छ । नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परिरहेको कारण हल सञ्चालकहरू ‘सिकन्दर’को शोहरू खाली भएको बताउँछन् ।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । चलचित्रको प्रचारलाई थप बलियो बनाउन सुब्बा विभिन्न सहरहरूमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन् । उनले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा उनले दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छिन् । एन्जिला गत शुक्रवार ग्रिसबाट नेपाल आएकी थिइन् । उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रको लागि हो । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया