सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने, कारागारमा भने छविसँगै हुने

भैरहवा- शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन् ।
प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् ।
‘दुई दिन सार्बजनिक बिदा भएकाले सोमवारसम्म उहाँ प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बितिक्कै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौं ।’ उनले भने ।
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ ।
सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।

अहिले राजा ल्याउनु हुँदैन : नारायणमान बिजुक्छे

भूमिसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु वर्तमानको आवश्यकताः सांसद गैरे

तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग

ग्यास सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो, सरकारले निगरानी गरोस् : सांसद को…

गोपनियतासँग जोडिएका सूचनाहरु दिन जरुरी छैनः गृहमन्त्री लेखक

संसद् छलेर देउवासँग छलफलमा व्यस्त प्रधानमन्त्री ओली

युरोपेली संघको कूटनीतिक टोली काठमाडौँमा

प्रतिक्रिया