एकीकृत समाजवादीले २५ गते देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ ।
पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागिएको हो । पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तरराष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ ।
पार्टीले सङ्गठन सुदृढीकरणका लागि जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरी उनीहरुको गरिबी निवारण, सुशासन, जनजीविका केन्द्रित आन्दोलनका कार्यक्रम बनाएको छ । मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भण्डाफोरको प्रस्ट पारिने छ ।
पार्टीका सम्बन्धित कमिटीले सरोकार पक्षसँग सार्वजनिक रूपमा छलफल गरी उनीहरुको सुझाव सल्लाह लिएर पार्टीले अवलम्बन गरेको समाजवादी कार्यक्रमलाई परिमार्जन गरिने जनाइएको छ ।
राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणालि सुधार गर्ने, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने विषयमा जनस्तरबाट आएका सुझाव समावेश गरिनेछ । पार्टीले यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म सञ्चालन गरेको अभियान जारी छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

प्रतिक्रिया