सोमबार २५ चैत, २०८१
Monday, April 07, 2025

राप्रपाले भृकुटीमण्डपमा कार्यक्रम गर्न नपाउने

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भृकुटीमण्डपमा कार्यक्रम नदिने भएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सोही स्थानमा आमसभा गर्न स्थान उपलब्ध गराउन नसकिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयले बल्खु क्षेत्र वा सिफल चौरमा कार्यक्रम गर्न व्यवस्था मिलाइएको छ ।