भोजपुरको पर्यटकीयस्थल नागछाँगा आझेलमा

भोजपुर- भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ ।
गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।
अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचर्यले बताए ।
नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ । नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उनले बताए ।
“नागछाँगा एक ऐतिहासिकस्थल हो” वडाध्यक्ष आचर्यले भने, “परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किम्बदन्ती पनि छ । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।”
पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा करिब रु ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।
“स्थानीय सरकारको तर्फबाट यो क्षेत्रको विकासका तथा संरक्षणको काम गरिहेका छौँ”अध्यक्ष राईले भने,“प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । हामी अहिले सरक्षणसँगै यसको महत्व उजागरका लागि जुटेका छौँ ।”
गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।
भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते

प्रथम रेडपाण्डा महोत्सव सुरु

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
_CfMO9FaNj2_wm1bgp8woyjerxqkyg053rifmqwansj9snaw9kekcoxfnougxlyuuc6kvuen_6Fin0C2007_srkvnuafazrfqggd2k38if9yhpqab4otfw7n0gnnysgeo03hf63ini8adqe7.jpg)
ताप्लेजुङका हिमालको चुचुरामा मानव पाइला पुग्दै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

प्रतिक्रिया