भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ

रौतहट- प्रहरी गस्ती टोलीले रौतहटको सदरमुकाम गौरस्थित बसपार्कमा भन्सार छलीको अवैध सामान बोकेको टेम्पोसँगै चालकलाई पक्राउ गरेको छ।
सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली ल्याएको ४ लाख २९ हजार ९२० रुपैयाँ बराबरको कपडा, किराना, भाँडा बर्तन बोकेको ना २ ह ४६६० नम्बरको टेम्पोसहित चालक परोहा नगरपालिका ४ का ३० बर्षीय उमेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।
बरामद भन्सार छलीको सामानसहित टेम्पो र चालक यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्रण अभियान अन्तर्गत करोडौँको भन्सार छलीको सामान, दर्जनौ सवारी साधन र तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ।
प्रहरीको सक्रियताले बिगतको तुलनामा रौतहटमा भारतीय सामानको तस्करी न्यून प्रायः भएको जानकारहरूले बताए ।
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_UAojgNbAOA_jnajrxmjcjpeapbucgec5og85qw0ogrvtrktksjgnzdffwmypbshyf04o2l7.jpg)
बिवाह अर्कैसँग भएपनि मालिनीसँगको प्रेममा कमी नआएपछि बैशाख १ गते मात्रै फूल्छ…

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

कर्फ्युले नयाँ वर्षको स्वागतमा आयोजित रात्री बजार स्थगित
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_xXf8j4dxv7_jhdaonyadw2dz92zdq7x5z2nq94qsp2x5j67btdjcxropyserdntvtepin26_f4pzrRbmmE_53qgtdytjfopgytuoc3j1ryyv1a1steu7pnhs8tcl1r7zrdy4xhngpc2jpjc.jpg)
वीरगञ्जमा कर्फ्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_F64q7hsuXr_exj23lk150fyspvnbokgxebowvtj2e3a3wtcsjllg8xjp3222g8htvrtuodb.jpg)
हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप, वीरगञ्ज तनावग्रस्त (फोटो फिचर)

समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन

रौतहट प्रहरीद्वारा चोरीको पाँच मोटरसाइकल बरामद

प्रतिक्रिया