मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य मंगलबार एकै दिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । 

सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।