मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

काठमाडौँ- चर्चित ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपर लिगका लागि कार्लोस मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

रंगशालाको जारी लिग हेरे पछि आज साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने भएका छन् । क्लबले पनि उनलाई स्वागत गर्न भव्य तयारी गरिरहेको क्लबक निर्देशक भुपेन कुँवरले जानकारी दिए । नेपाली फुटबल प्रेमी तथा ब्राजिलका फ्यानहरूले कार्लोसलाई हेर्न क्लबमा आउने पाहुनाहरूले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेको उनले जानकारी दिए ।

क्लबमा रहेसम्म उनले खेलेका गेमहरू तथा जादुगरी फुटबलका कलामय भिडियोहरू देखाइनेछ । क्लबमा रहेको ठूलो स्क्रिनमा उनका गेमहरू देखाइने छ,’ उनले भने,’ आज ब्राजिलका बढी फ्यानहरू उपस्थित हुन सक्ने छन् । नेपालमा ब्राजिलका धेरै फुटबल फ्यानहरू छन् ।

कार्लोसका समर्थकले उनलाई नजिकबाट क्लबमा हेर्न पाउँनेछन् । नेपाली फुटबल प्रेमीले सन् १९९८ देखि उनलाई चिन्न थालेका हुन्।