जम्मु-कश्मीर आतंकवादी हमला : सुदीपको शव नेपाल ल्याइयो
काठमाडौँ- भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । आज बिहान न्यौपानेको शव नेपाल ल्याइएको हो ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै न्यौपानेको शव नेपाल ल्याइएको हो ।
घुम्न गएका न्यौपानेको मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका थिए । उक्त हमलामा दुई जना विदेशीसहित २६ जना मारिएका छन् ।

भिक्षुले फोटोमा झल्काएका मुस्ताङको संस्कृति

सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्माले भनिन्- हिमालहरूमा जीवन छैन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सशस्त्र प्रहरी रौतहटको स्थापना दिवसमा रक्तदान

कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते

प्रतिक्रिया