कंगनाको ‘इमर्जेन्सी’ पुनः विवादमा, लेखिकाले हालिन् निर्माता र नेटफ्लिक्सविरुद्ध मुद्दा

मुम्बई- अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ फेरि एकपटक कानुनी विवादमा परेको छ ।
खासमा वरिष्ठ पत्रकार तथा लेखिका कुमी कपुरले यो फिल्मलाई लिएर फिल्म निर्माताविरुद्ध मुद्दा दायर गरेकी छिन् । फिल्ममा ऐतिहासिक तथ्यलाई तोडफोड गरिएको उनको आरोप छ ।
भारतीय समाचार माध्यमका अनुसार लेखिका कुमी कपूरले कंगनाको प्रोडक्सन कम्पनी मणिकर्णिका फिल्म्स प्रालि र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि उनको किताब र नामको दुरुपयोग गरेको आरोप लगाएकी हुन् । उनले फिल्मले ऐतिहासिक तथ्यलाई परिवर्तन गरेको आरोप पनि लगाएकी छिन् ।
'द इमर्जेन्सीस् ए पर्सनल हिस्ट्री' की लेखिका कुमी कपूरका अनुसार 'मणिकर्णिका फिल्म्स र पेन्गुइन र्यान्डम हाउस' सँग सम्झौता गरेकी थिइन, जसले उनको पुस्तकलाई फिचर फिल्ममा रूपान्तरण गर्न अनुमति दिइएको छ। तर, अहिले त्यो सम्झौता उल्लङ्घन भएको उनीहरुको आरोप छ ।
सम्झौता अनुसार चलचित्र निर्माताहरुलाई विषयवस्तुको रचनात्मक रुपान्तरण गर्ने अधिकार मात्रै थियो । यसबाहेक कपूरले कानुनी सल्लाहमा यो सम्झौतामा दुईवटा महत्त्वपूर्ण सर्तहरू थपेका थिए, यसमा फिल्म निर्मातालाई फिल्म बनाउने पूर्ण स्वतन्त्रता रहेको स्पष्ट थियो । तर यसमा सार्वजनिक रूपमा उपलब्ध ऐतिहासिक तथ्यहरू विपरीत हुने त्यस्तो परिवर्तन गर्न भने पाइने छैन ।
कपूरका अनुसार ‘लेखिकाको नाम र पुस्तक उनको अनुमति बिना फिल्मको प्रमोशन वा कमाईका लागि प्रयोग नगर्ने पनि सम्झौतामा भनिएको थियो। तर यस्तो हुन सकेको छैन । फिल्म किताबमा आधारित रहेको उनको दाबी छ ।
यससँगै कपूरले फिल्म निर्माताले अप्रिल ३ मा पठाइएको कानूनी नोटिसको जवाफ कंगनाको टोली वा नेटफ्लिक्सबाट कुनै प्रतिक्रिया नपाए पछि उनले मुद्दा दायर गरेको बताएकी छिन्। नोटिसका अनुसार कपूरले फिल्म निर्माताहरूको लापरबाही र गैरकानूनी व्यवहारका कारण आफूलाई व्यक्तिगत प्रतिष्ठा, व्यावसायिक, भावनात्मक र आर्थिक स्तरमा पुगेको क्षतिको तत्काल क्षतिपूर्तिको मागसमेत गरेकी छिन् ।

अमिर खानले १ हजार करोड लगानीमा ‘महाभारत’ बनाउने

चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक, डिजिटल लतले निम्त्याउने सङ्कटबारे संवेदनशी…

‘तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता’ मा १० कविको कविता छनौट

६ करोड हिनामिना केसमा राजमौलीको हिरोलाई हाजिर हुन आदेश
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_Mi2hJcXEtf_nfa79rpoxpbfw2choh3qjswzixpu1hj5jlvnsrdct53fajgarhes3medgfhu.jpg)
चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक, देखियो कलाकारहरूको प्रभावशाली भूमिका

लोकार्पणमै बहुरूपीको बहुरूप

प्रतिक्रिया