'गृहमन्त्रीको साथी हुँ' भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ तीनदोबाटोबाट पक्राउ गरेको हो । उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार…

खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

सहज बन्यो मालिकाधुरी यात्रा

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

प्रतिक्रिया