संविधान र व्यवस्था विरोधी गतिविधि सह्यय हुँदैनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् ।
मंगलबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न नसकिने उल्लेख गर्दै त्यस्ता गतिविधि गर्ने जोकोहिलाई कानूनी दायरामा ल्याइने बताएका हुन् ।
उनले जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिने स्पष्ट पारे ।
सदनमा पुगेका सवै बिधेयकहरुलाई टुङ्गोमा पुराउन लागिएको जानकारी दिदै गृहमन्त्री लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नेबाटोमा अघि बढेको बताए ।
त्यस्तै उनले गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए । वर्तमान सरकार पुरै अवधि टिक्ने भएकाले आशंका गर्नुपर्ने कुनै ठाँउ नरहेको उनको भनाइ छ ।
((

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो: वर्षमान पुन

बजेट निर्माणको प्रेसर अवधिमा छौं, आयोगका सुझावहरूलाई सकेसम्म सम्बोधन गर्छौंः …

प्रधानमन्त्रीद्दारा उच्चस्तरको फिल्म स्टुडियो उदघाटन

आन्दोलन शान्तिपुर्ण हुन्छ, भडकाउने काम नगर्नुहोस्: कमल थापा

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानविन हुन्छः प्रधानमन्त्री ओली

देश सेन्टिमेन्ट र अभिनयले चल्दैनः प्रधानमन्त्री ओली

प्रतिक्रिया